Section 87
संशोधन, खारेजी तथा बचाउ
(१) जन्म, मृत्यु तथा व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३३ को दफा ४ को उपदफा (१) को खण्ड (क) को सट्टा देहायको खण्ड (क) राखिएको छः–
“(क) जन्म तथा मृत्युको सूचना बाबु, आमा, परिवारको कुनै सदस्य वा संरक्षकले,”
(२) बालबालिका सम्बन्धी ऐन, २०४८ खारेज गरिएको छ।
(३) बालबालिका सम्बन्धी ऐन, २०४८ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ।